नियम १५०
आर्थिक प्रस्तावको मूल्याड्ढन
(१) प्रस्ताव सम्बन्धी कागजातमा अन्यथा उल्लेख
गरिएकोमा वाहेक आर्थिक प्रस्तावको मूल्याड्ढन प्रयोजनको लागि सो प्रस्तावमा मूल्य
अभिबृद्धि कर बाहेक प्रचलित कानून बमोजिम परामर्शदातालाई लाग्ने कर तथा
परामर्शदाताको भ्रमण, सम्बन्धित कागजातको अनुवाद, प्रतिवेदन छपाई वा शिरोभार
खर्च जस्ता सोधभर्ना हुने खर्च समेत निजको सेवा शुल्कमा समावेश गरिएको मानिने
छ ।
(२) मूल्याड्ढन समितिले प्रत्येक प्रस्तावदाताको आर्थिक प्रस्तावको मूल्याड्ढन गर्दा
प्रस्तावमा कुनै अड्ढ गणितीय त्रुटि पाइएमा स्थानीय निकायले त्यस्तो त्रुटि सच्याउन
सक्नेछ र त्यसरी त्रुटि सच्याउ“दा एकाई दर र कुल रकममा भिन्नता भएमा एकाई दर
मान्य हुनेछ र सोही दर बमोजिम कुल रकम सच्याउनु पर्नेछ । त्यसरी त्रुटि
सच्याईएको भएमा सोको जानकारी सम्बन्धित प्रस्तावदातालाई दिनु पर्नेछ ।
(३) प्रस्तावदाताले आर्थिक प्रस्तावमा उल्लेख गरेको रकम अड्ढ र अक्षरमा फरक
परेमा अक्षरमा लेखिएको रकम मान्य हुनेछ
(४) प्रस्तावित कबोल अड्ढमा प्रस्तावदाताले कुनै छुट दिन प्रस्ताव गरिएको कुरा
आर्थिक प्रस्ताव खोलेको मुचुल्कामा उल्लेख भएको भए मूल्याड्ढन समितिले त्यसरी छुट
दिन प्रस्ताव गरिएको रकम समायोजन गर्नु पर्नेछ ।
(५) उपनियम (२), (३) र (४) बमोजिमको मूल्याड्ढन पछि सबै प्रस्तावदाताको
कायम हुन आएको सेवा शुल्कको सूची तयार गर्नु पर्नेछ ।